नगरमा नौमति बाजाको तालिम

फागुन १० गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा दलित सेवा संघ पथरीले नौमाति बाजा सीप विकास तालिम सुरु गरेको छ ।

शुक्रबार वडा नम्वर १० मा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नौमति बाजा सीप विकास तालिमको उद्घाटन् गरेका छन् ।

नगरको १ लाख ५० हजार रुपैयाँ बजेटमा नौमति बाजा सम्वन्धी तालिम र बाजाको व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको संघका सचिव कुवेरमान घतानीले जबताए ।

सम्बन्धित खवर