चैत १६ गते, पथरी । कोरोना भाइरसबाट वच्न अत्यावश्यक खाद्यान्न तथा सब्जी किन्ने ग्राहककालागि हात धुन साबुनपानी राख्नुपर्ने र पसलेले ग्लोब, सेनिटराइजको अनिर्वाय प्रयोग गर्न पथरीशनिश्चरे नगरपालिकाले आग्रह गरेको छ ।
विहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न र सब्जी पसल खोल्ने समय निर्धारण गरेसँगै आफ्नो पसल अगाडि ग्राहकलाई साबुनपानीले हात धुन लगाउनु पर्ने र पसलेले पनि ग्लोब र सेनिटराइजको प्रयोग अनिवार्य गर्नुपर्ने नगरप्रमुख दिलीपकुमार राइले बताए ।
अत्यावश्यकीय सामान खरिद गर्दा कम्तिमा २ मिटरको दुरीमा रहेर बालबालिका र ज्येष्ठ बाहेकका घरको १ जनामात्र सहभागि हुनुपर्ने कुरा उल्लेख गरिएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सवैले घरभित्र बसेर सहयोग पुर्याउन समेत अनुरोध गरिएको छ ।
आफुपनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने मुल मर्मलाई ध्यानमा दिएर सवै आआफ्नो ठाउँबाट लागिपर्नुपर्ने कुरामा नगरपालिकाले बारम्बार अनुरोध गरिरहेको छ ।
यसक्रममा, नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय पथरीले दैनिक अनुगमन् गर्दै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन नगरवासीलाइ अनुरोध गर्दै अनुगमन गरिरहेको छ ।