आइतवार, पुस २७, २०८२

लर्ड बुद्ध साकोसले राहत समितिलाई २० हजार सहयोग दिने

चैत १८ गते, पथरी । पथरीशनिश्चरे–२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले राहत व्यवस्थापन समन्वय समिति पथरीशनिश्चरे नगरलाई २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । मंगलबार संस्थाले सो कुराको निर्णय गरी सार्वजानिक गरेको हो ।

नेपालमा कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्दै नेपाली जनतालाई बचाउनका लागि नेपाल सरकारले घोषणा गरेको लक डाउनको कारण विपन्न वर्ग तथा दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेका नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले सो रकम दिने घोषणा गरिएकोे व्यवस्थापक गणेश बाछानाले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.