स्थानीय

प्रतिशोध साध्ने पत्रकार विरुद्ध वडाध्यक्षले निकाले बिज्ञप्ति

चैत २९ गते, पथरी । मागेको कार्यक्रम भनेकै समयमा नदिदा पत्रकारहरुले झुठा समाचार प्रकाशन गरेर आफू र वडाको छवि धमिल्याउन खोजेको भन्दै मोरङको पथरीशनिश्चरे नगरपालिका ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीले बिगेप्ती प्रकाशन गरि कानूनी उपचारमा लाग्ने बताएका छन ।

 

जनतालाई राहत वितरण गरेको बिषयमा व्यक्तिगत छवीमा आँच आउने गरी समाचार र फेसवुकमा गाली बेइज्जती गरेको बिज्ञप्तिमा उल्लेख छ ।

“पथरीशनिश्चरे–३ का अर्जुन काफ्ले, पथरीशनिश्चरे–५ निवासी भीमराज अधिकारी, उर्लाबारी–मंगलबारे निवासी कुमार खड्काले मेरो चरित्र हत्या गर्ने कुत्सिद मनसायले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा निरन्तर अफवाह फैलाएको जानकारी गराउँद छु ।’ “केही मिडियाहरुको समेत नाम उल्लेख गर्दै भनिएको छ “लामो समयदेखि निरन्तर वडा र वडा बासीहरुलाई समेत अन्याय हुने गरी भ्रामक समाचारहरु प्रकाशन गर्दै आएकोले पुष्टि नहुने ती समाचारहरुबाट भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।”

यी पत्रकारहरुले कार्यालयमा आई धम्कीपूर्ण भाषा प्रयोग गरी कार्यक्रम माग गरेको माग पूरा गर्न नसकेपछि गलत मनसायले वडा कार्यालयले गरेका कामको विल भरपाई माग्ने, अनावश्यक सोधिखोजी गरी दुःख दिने गरेको उल्लेख छ ।

भनेकै समयमा कार्यक्रम नदिएकोमा सामाचार लेखिदिने धम्कि दिदै आएको र राहत वितरणको बिषयलाई बंग्यायर समचार बनाउनुको साथै अर्जुन काफ्लेले सामाजिक सञ्जाल फेसबुकमा समेत चरित्र हत्या हुनेगरी सामाग्री पोष्ट गरेको उल्लेख छ ।

राहत वितरणको विषयलाई लिएर उनीहरुले प्रतिशोधको रुपमा अनलाइन र फेसवुक मार्फत नकारात्मक प्रचार श्रींखला जारी राखेको त्यहाँ उल्लेख छ । आफू विरुद्द स्थानीयबासीलाई पत्रकार सम्मेलनको नाममा उकस्ने गरेको हुनाले अबाञ्छित गतिविधि रोक्न आग्रह गरेका छन ।

वडा अध्यक्ष गोबिन्द भण्डारी भनेका छन “मेरो र वडा नम्बर ४ कै छवि धमिलिने गरी निरन्तर प्रचार गरिरहेपछि विज्ञप्ति प्रकाशन गरी विषय सार्वजनिक गर्न बाध्य भएको छु ।” बारम्बार हुँदै आएको ‘कपोलल्पित’ समाचार लगायतको म्याटर विरुद्ध कानूनी उपचारमा समेत जाने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया