नगर उपप्रमुख बास्तोलाबाट राहत कोषलाई रकम प्रदान

बैशाख ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरको राहत कोषमा २१ हजार ५ रुपैयाँ प्रदान गरेका छन् ।

नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा जम्मा गर्न उपप्रमुख बास्तालाले हस्तान्तरण गरेको हो ।

कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले २१ हजार ५ रुपैयाँको चेक बुझेंका थिए । नगरले ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा राहत रकम जम्मा गरेको छ ।

सम्बन्धित खवर