‘प्रहरीको साथी म’ टिमलाई सेनिटाइजर वितरण

बैशाख १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि गठित ‘प्रहरीको साथी म’ मा आवद्ध युवाहरुलाई नगरपालिकाको तर्फबाट सेनिटाइजर वितरण गरिएको छ ।

नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिकी सदस्य यमुना विष्ट वास्तोलाको अगुवाईमा समिति सदस्य दीपक वस्नेत सहितको टोलीले कोरोना भाइरसको संक्रमणबाट बच्न हातमा लगाउने किटनाशक सेनिटाइजर वितरण गर्दै आएको छ ।

यसक्रममा, आज वडा नम्बर ८ र ९ का ‘प्रहरीको साथी म’ मा आवद्ध १०÷१० जनालाई १०÷१० वटा सेनिटाइजर वितरण गरिएको छ । ३ नम्वर वडाको ‘प्रहरीको साथी म’लाई पनि सेनिटाइजर, मास्क र ग्लोब वितरण गरिएको र अन्य वडाका लागि पनि वितरण गरिने उपप्रमुख वास्तोलाले बताए । सो क्रममा टोलीले लकडाउनको अनुगमन् समेत गरेको छ ।

सम्बन्धित खवर