जेठ ७ गते, पथरी । कोरोना भाइरसको दिनदिनै जोखिम बढेपछि स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेकाले नगर कार्यपालिकाले जेठ १० गते सम्म लकडाउनलाई कडाई गर्ने जनाएको छ ।
नगरले गरेको पसलहरु वन्द गर्ने निर्णयप्रति अन्यौलमा नपरी लकडाउनको अवज्ञा नर्गन नगरपालिका कार्यालयले अनुरोध गरेको छ । नगर कार्यपालिकाको मंगलबारको बैठकले नगरमा समेत कोरोनाको जोखिम बढेको अवस्थामा बाध्यात्मक परिस्थिती अनुरुप तत्कालका लागि ४ दिन सम्म औषधि पसल र अस्पताल बाहेकका सवैखाले पसल वन्द गर्न निर्णय गरेको थियो ।
जसमा, १० गतेपछिको अवस्थामा सर्वपक्षीय नगरस्तीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिमार्फत अतिआवश्यकीय सामग्री सहितका पसल के कसरी सञ्चालन गर्ने भन्ने बारेमा निष्कर्ष निकालिने कुराको निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।
प्रवक्ता गुरागाईंले यस विषयमा अन्यौलमा नपर्न र कोरोना संक्रमणबाट जोगिने उपाय निकाल्नु नै अहिलेको सर्वाेपरी प्रमुख आवश्यकता रहेकाले तत्कालका लागि पसल व्यवसाय वन्द गरेर आफुपनि बाँच्ने र अरुलाई पनि बचाउने कार्यमा लाग्न नगरवासीमा अनुरोध गरेका थिए ।