जेठ १६ गते, पथरी । मोरङको पथरीशनिश्चरे–२ मा प्रदेश सरकारको बजेटबाट बन्ने सामुदायिक भवनको शिलान्यास भएको छ ।स्थानीय लक्ष्मीनारायण मन्दिर क्षेत्रमा बन्ने भवनको विहिबार एक कार्यक्रमको विच प्रदेश १ की सांसद कृष्णकुमारी राईले शिलान्यास गरेको हो ।
७० फिट लम्बाई र ३१ फिट चौडाईको भवनको हलको योजना अघि बढेको र सोको लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट २० लाख रुपैयाँ प्राप्त भएको मन्दिर समिति अध्यक्ष पार्थबहादुर बुढाथोकीले जनाए । जसमा उपभोक्ताबाट ४ लाख रुपैयाँ थप गरिएको छ ।
