जेठ १६ गते, पथरी । रुकुममा दलित युवामाथि सामुहिक आक्रमण गर्दा युवाको ज्यान गएको विषयमा मोरङ कानेपोखरी गाउँपालिकाको दलित सेवा संघ गाउँ कार्यसमितिले एक विज्ञप्ति मार्फत दोषीलाई कडा कारबाही र पिडीतलाई न्याय दिलाउन माग गरेको छ ।
शुक्रबार संघको आयोजनामा र्यालि निकाली रमाइलो बजार हुँदै रमाइलो चोकमा कोण सभा गर्दै वक्ताहरुले दोषीलाई कडा कारबाही र पिडीतलाई न्याय दिलाउन माग गरेको हो ।
घटनालाई अतिरञ्जित नगरियोस्, घटनाको तत्थ्यपुर्ण छानविन गरियोस् र दोषीलाइ कडा कार्वाहि गरियोस्, जस्ता माग विज्ञप्ती मार्फत गरेर कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेलाई दलित संघर्ष समितिका संयोजक सरोज दर्नालले विज्ञप्ती हस्तान्तरण गरेका थिए ।
दोषीमाथि कडा कारवाही र पिडीतलाई न्यायका लागि नेपाल सरकारसँग माग गर्दै जातिय भेदभाव र छुवाछुतका आधारमा भएको यसप्रकारको निन्दनीय कार्य रोकिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी विहिबार पथरीशनिश्चरे नगरमा पनि दलित सेवा संघ नगरले विज्ञप्ती हस्तान्तरण गरिएको थियो । संघका अध्यक्ष रामप्रसाद परियार र सचिव कुवेरमान घतानीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नवराज विश्वकर्मा र शुष्मा मल्लबीचको प्रेम सम्वन्धका कारण गाउँलेको आक्रमणमा नवराज सहित ३ जनाको ज्यान गएको र ३ बेपत्ता भएको घटनाको घोर भत्र्सना गरिएको छ ।