असार १२ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले अत्याधुनिक वारुणयन्त्र खरिद गर्ने तयारी गरेको छ । नगरक्षेत्रमा वारुणयन्त्र(अग्नि नियन्त्रण) को अति आवश्यकता ठान्र्दै खरिद गर्ने तयारी गरेको हो ।
नगरले यन्त्र खरिद गर्न आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा ७० लाख विनियोजन गरेको छ । सो बजेट नगरको सातौं नगरसभाले पारित गरेको छ । विपत हुने कुरा कसैलाई थाहा हुँर्दैन कतिखेर हुन्छ भनेर, यस अघिको नगरमा भएको विपतहरुलाई मध्यनजर गर्दै वारुणयन्त्र खरिद गर्ने निर्णय गरेको नगरप्रमुख दिलिप कुमार राईले पत्रकार भेटघाट कार्यक्रममा बताए ।