नगरमा योजना अनुगमन् तीब्र

असार १४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा चालु आर्थिक वर्षका विकास निर्माणका योजनाहरु अनुगमन् समितिले योजनाहरुको अनुगमन् तीव्र पारेको छ ।

अनुगमन्कै क्रममा आज नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा ३ वटा योजनाको अनुगमन् भएको छ ।

नगरको ९ लाख रुपैयाँ सहितको लगानीमा निर्माणाधिन वडा नम्बर १ स्थित इलाका प्रहरी कार्यालयको प्रशासनीक भवन र ८ लाखको लागतमा सोही वडाका प्रकाश थापाको घर अगाडिको बाटोमा दुवैतर्फ ड्रेन निर्माण कार्यको पनि अनुगमन् भएको हो ।

यसैगरी, वडा नम्वर ४ स्थित कुशलचोकमा कुशल बजारका लागि निर्मित ट्रष्ट सहितको टहरा निर्माण कार्यको पनि अनुगमन् भएको छ । त्यहाँ नगरको ६ लाख ६९ हजार, उपभोक्ताबाट ५९ हजार १ सय ३८ सहितको लागतमा टहरा निर्माण भएको छ ।

सम्बन्धित खवर