असार २९ गते, कानेपोखरी । सुनसरीको इटहरीमा शाख र कानेपोखरी–५, भौसाबारीमा सम्पर्क कार्यालय रहेको छिमेकी लघुक्त्ति वित्तिय संस्थाले जनसेवाको क्वारेन्टाइनमा रहेकाहरुलाई खाद्यान्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।वित्तिय संस्थाको कर्मचारीहरुले जनसेवा क्वारेन्टाइनका अध्यक्ष तथा वडाध्यक्ष खड्ग बस्नेतलाई १४ हजार बराबरको सामाग्री हस्तान्तरण गरेको हो । संस्थाले ३६ सय बराबरको ९ वटा सेनिटाइजर, २४ सयको नर्मल माक्स, १६ सयको हान्डवास, २६ सय ६० रुपैयाको डिटोल साबुन, ८ सयको लुगाधुने सावुन, ९ सयको फिनेल, ५ सयको चिउरा, १ हजारको चाउचाउ र १४ सयको खानेतेल लगाएतको सामाग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा प्रशासन शाखाका सुचना अधिकारी गोविन्द फुयल, जिन्सी शाखा अधिकृत यादव निरौला ,स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारी लगाएत उपस्थित रहेका थिए । त्यसैगरी कानेपोखरी २ मा रहेको नागवेली वित्तिय सेवा संस्थाले पनि क्वारेन्टाइनमा रहनेहरुको लागी खाद्यान्न वापत १० हजार हस्तान्तरण गरेका छन् । त्यसैगरी वडा नं. ६ घर भई कुवेतमा रहेका विना लिम्बुले २५ सय सहयोग गरेको अध्यक्ष वस्नेतले बताए ।