दिवंगत आफन्तको स्मृतिमा ८ लाखको धर्मशाला निर्माण

साउन १ गते, पथरी । मोरङको पथरीशनिश्चरे–३, स्थित समाजसेवी पुष्प थापा सहितका थापा परिवारले दिवंगत आफन्तको स्मृतिमा ८ लाख बढी रकममा मलामी विश्रामालयका रुपमा धर्मशाला निर्माण गरिदिएका छन् ।

पुष्प थापाले आफ्नी दिवंगत श्रीमती लक्ष्मीदेवी थापा तथा अन्य थापा परिवारले अन्य दिवंगत आफन्तहरुको स्मृतिमा सुन्दरीचोकस्थित बक्राहा घाट छेउमा कम्पाउण्ड सहित मलामी विश्रामालयको टहरा र एउटा छुट्टै पक्की फलैंचा समेत निर्माण गरेको हो ।

एक कार्यक्रमका बीच पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले विश्रामालयको उद्घाटन् गर्दै यसखाले समाजसेवाले स्थानीयमा ठूलो प्रभाव पर्ने बताए । कार्यक्रममा–३, नम्वर वडाध्यक्ष डम्बर चेम्जोङ सहितले मन्तव्य व्यक्त गरे ।

सम्बन्धित खवर