साउन ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे–९, स्थित जनचेतना सामुदायिक सिकाई केन्द्रको आयोजनामा सञ्चालित महिलाहरुका लागि ३ महिने निःशुल्क सिकाई कटाई तालिमको उद्घाटन भएको छ ।
सोमबार एक कार्यक्रम विच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिम उद्घाटन गरेका थिए । तालिम उद्घाटनमा बोल्दै महिलाहरु आत्मनिर्भर वन्नका लागि यसप्रकारका तालिमहरुको आवश्यकता भएको बताए ।
वडा नं. ९ अन्तर्गत कार्यपालिका सदस्य निर्मला गदालले पनि वडामा महिलाहरु आत्मनिर्भर बन्ने कार्यमा वडा कार्यालयको सदैव सहयोग हुने बताए ।
नगरपालिका कार्यालयमार्फत संघीय सरकारको १ लाख रुपैयाँमा तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष गोविन्द कटुवालले जनाए । तालिममा सो वडाका ३० जना सहभागिलाई समृता माझीले सहजिकरण गरेका थिए ।