साउन ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे क्षेत्रमा बर्षाले पुर्याएको क्षतिको नगरपालिका कार्यालयले अनुगमन् गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको नेतृत्वमा वक्राहा खोलामा आएको बाढीबाट केही ठाउँमा भएको कटानको अनुगमन् भएको छ । साथै उनले संघीय सरकारले सञ्चालन गर्ने दीर्घकालिन तटवन्धको योजन अनुरुप प्रदेशका सांसद सहितको प्राविधिक टोलीलाई बक्राहा क्षेत्रको अवलोकन समेत गराए ।
जसमा, प्रदेश १ का सांसद लीलाबल्लभ अधिकारी तथा योजना कार्यान्वयन गर्ने निकायका डिभिजन कार्यालयका इन्जिनियर सहितको टोलीले अवलोकन गरेको छ । टोलीले भोली त्यस्तै प्रकारको तटवन्धको योजना रहेको डाँस खोलाको पनि अवलोकन गर्ने नगर प्रमुख राईले बताए ।
यसैगरी, उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य सहितको टोलीले आज वडा नम्वर १० स्थित डाँस र मोरङ्गी खोलाको कटान क्षेत्रको अनुगमन् गरेको छ । जसमा जिरिजिखिम्ती पुल उत्तर र दक्षिणको जग्गा तथा ऐयावारीको त्रिवेणी चोक पश्चिममा पैनीको बाँध कटान भएको छ ।