असोज २७ गते,पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयमा नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा अन्तरक्रिया सम्पन्न भएको छ ।
सोमबार भएको अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकता प्रमाणपत्र प्रदान गर्दाका समस्या र समाधानका विषयमा जानकारी गराएका थिए । उनले नागरिकता ऐन संसोधन गरी नागरिकता सम्बन्धी संघीय कानून निर्माण र संविधानमा प्रादेशिक पहिचान सहितको नागरिकता दिने उल्लेख भएपनि सो अनुरुपको कानून बन्न बाँकी रहेको जनाए ।
कार्यक्रममा, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब खड्काले बजार अनुगमन् गर्दै उपभोक्ता हकहित संरक्षण र अधिकार बहाली गराउने कुरामा जनप्रतिनिधि तथा प्रशासनिक पक्ष मसिनो रुपमा लाग्नु पर्ने आवश्यकता औंल्याएका थिए ।
सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राई लगायतले शान्ति सुरक्षाका बारेमा बोलेका थिए ।
कार्यक्रमका सभाध्यक्ष पथरीशनिश्चरे नगरप्रमुख दिलीपकुमार राई र नगर प्रवक्ता यामप्रसाद गुरागाईंले यस प्रकारको अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीहरुको जनहितका कामकारबाहीमा थप सहयोग पुग्ने बताए ।
इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख श्रवणकुमार पोखरेलको पनि कार्यक्रममा सहभागिता रहेको छ । अन्तरक्रियामा, नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिवहरुको सहभागिता रहेको थिया