सिंहदेवी मावि स्वर्ण महोत्सवः तीन परिवारको अक्षयकोष स्थापना

राजकुमारी तामा

फागुन ८ गते, रमाइलो । मोरङको कानेपोखरी–५, स्थित जहदामा स्थापना भएको सिंहदेवी माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा तीन परिवारले स्वर्गीय आफ्न्तको नाममा अक्षयकोषको स्थापना गरेका छन् ।

विद्यालयका प्रधानाध्यपक धर्मराज र इन्द्र थापाले आफ्नो स्वर्गीय बुबा र आमाको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाको दिलहर्क थापा स्मृति अक्षयकोष स्थापना गरेको छ ।

शुक्रबार विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रममा बोल्ने क्रममा सो रकम बराबरको अक्षयकोष स्थापना गर्ने उद्घोष गरेका थिए ।
त्यसैगरी युवा समाजसेवी भोजराज श्रेष्ठ र भुपाल श्रेष्ठ दाजुभाईले आफ्ना स्वर्गीय बुबा सुनकेसर श्रेष्ठको नाममा ५५ हजार ५ सय ५५ रुपैयाको सुनकेसर स्मृति अक्षयकोष स्थापना गर्दै सो रकम विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङले आफ्नो स्वर्गीय माता उत्तर कुमारी गुरुङको स्मृतिमा विद्यालयमा सरस्वतीको मन्दिर निर्माण र स्व ः उतरकुमारी गुरुङ अक्षयकोष स्थापनाको लागि ५ लाख, ११ हजार, १ सय ११ रुपैया रकम विद्यालयलाई प्रदान गर्ने बताएका छन् ।

विद्यालय व्यवस्थापन अध्यक्ष भोजकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि रहेका थिए । वडाध्यक्ष चरण गुरुङ, गोर्खा डिर्पामेन्ट स्टोर संचालक बलाराम कार्की, स्थानीय समाजसेवी प्रकाश धिमाल लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहेका थिए ।

 

सम्बन्धित खवर