फागुन १५ गते, रमाइलो । मोरङको कानेपोखरी –६, रमाइलोमा स्थापित जेनिथ इङ्लिस स्कुलले ११ औँ स्थापना दिवसमा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
शुक्रबार शैक्षिक सत्र २०७६ सालमा नर्सरी देखी कक्षा ९ सम्मका विद्यार्थीहरु कक्षागत प्रथम, द्धितीय र तृतीय हुने ४१ जना छात्राछात्रलाई मेडल, प्रमाण पत्र र पुरस्कारले सम्मान गरेको हो । त्यसैगरी विद्यालयले स्थापना दिवसको अवसर पारेर १२ र १३ गते दुई दिने बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको थियो ।
सम्पन्न बार्षिक फुटबल, भलिबल, दौड लगाएत विभिन्न खेलको विद्यामा १ सय ७० भन्दा बढी विद्यार्थीलाई प्रथम, द्धितीय र तृतीय पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतीक मनोरञ्जन पनि दिएका थिए । विद्यालयमा ११ वटा क्यान्डेलको दीप प्रज्वलन गरी स्थापना दिवस मनाएका थिए ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक दिनेश सुब्बा लिम्बु, प्रिन्सिपल जयबहादुर राई, भाइस पिन्सिपल खड्ग राजवंशी, फाउण्डर अशोक फुयल, निश्चल ओझा र विरेन्द्र श्रेष्ठ, शिक्षक योगेन्द्र धिमाल, पुजन फुयल, सुशिला तामाङ, सिर्जना गौतम, मञ्जु श्रेष्ठ, रक्षा राई, विदुर मग्राती, रेणुका लिम्बु, पुजन गजमेर, रुपा थेवे लगाएतले कक्षागत र अन्य पुरस्कार वितरण गरेका थिए ।
भाइस प्रिन्सिपल खड्ग राजवंशीको संचालनमा रहेको कार्यक्रममा प्रिन्सिपल जयबहादुर राई सभापती रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सिनियर कक्षा इन्चार्ज निश्चल ओझाले गरेका थिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले कोभिडको कारण थलापरेको विद्यालयमा बार्षिक उत्सव तथा अभिभावक दिवस गर्न सकिएन । अर्को बर्ष समयले साथ दिएमा गत बर्षहरु झै राम्रो कार्यक्रमहरु गर्ने बताए ।