मानवसेवा आश्रमद्धारा ५ जनाको पारिवारिक पुनर्मिलन

चैत ६ गते, विराटनगर । परोपकारी नेपाली मनहरुको मुठ्ठीमुठ्ठीको सहयोगमा संचालित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले एकैदिनमा ५ जनाको पारिवारिक पुनर्मिलन गरेको छ ।

सडकपेटी र सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गर्दै आएका सहयोगापेक्षी मानिसहरुले स्वास्थ्यमा सुधार आएपछि आफ्नो परिचय सहित परिवारको विवरण र ठेगाना बताउन सक्ने भएपछि पारिवारिक पुनर्मिलन गरिएको हो ।

चैत्र ५ गते विहिबारका दिन मानवसेवा आश्रममा नै आएर २ जनाले आफ्नो परिवारका सदस्यको जिम्मेवारी सहित लिएर गएका छन् । बाँकी ३ जनालाई आश्रम आफैले परिवार खोज्दै र उनिहरुले देखाएको बाटोको आधारमा परिवारसम्म पुगेका थिए ।

पारिवारिक पुनर्मिलन गराएका मध्ये फोर्बेस्गंज, बिहार, भारत घर हुनुभएका राजु मण्डल, सप्तरीको कन्चनरूप नगरपालिका ससुराल भएका बब्लु चौधरी, सुनसरीको धरान उपमहानगरपालिका घर भएका मोति बहादुर बुढाथोकी रहेका छन् ।

 

सम्बन्धित खवर