स्वास्थ्य स्वंयमसेविकालाई हात्तीपाईले रोग सम्बन्धी तालिम

चैत ८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन आज महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम दिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ्य कर्मचारी एकराज खत्रीले नगरमा रहेका ३० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिमको सहजिकरण गरेका थिए ।

चैत १९ गते नगरमा औषधि खाएर अभियानको उद्घाटन् गरी २० गतेबाट स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकामार्फत वडा–वडाका घर–घरमा औषधि सेवन गराउने कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन सहित हात्तीपाइले र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराइएको छ । सोमबार र मंगलबार नगरका स्वास्थ्यकर्मीलाई सो तालिम प्रदान गरिने छ ।

सम्बन्धित खवर