मातृभूमि क्लबलाई भवन हस्तान्तरण

चैत १६ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिका वडा नं.–४ स्थित मातृभूमि समाज सेवा युवा क्लबको भवन आइतबार उद्घाटन सँगै हस्तान्तण भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले संयुक्तरुपमा भवनको उद्घाटन गरी क्लबलाई हस्तान्तरण गरेको हो । भवन हस्तान्तरण गर्दै अध्यक्ष काफ्लेले यस ठाउँ र सिंङ्गो गाउँपालिकाको विकासमा गाउँपालिका दिनरात लागि परेको बताए ।

आर्थिक बर्षको अन्त्य तिर डिल्ली गुरुङ चोक–खेल मैदान जोड्ने सडक विस्तार र निर्माणधिन जलेश्वर मन्दिरको निर्माणको लागि माग भए बमोजिम भखरै गाउँपालिकाको बैठकबाट रकम विनियोजन गरिएको बताए । त्यसैगरी उपाध्यक्ष राजमती इङ्नामले पनि बोलेका थिए ।

स्वर्गिय बुबा चन्द्र प्रसाद लिम्बु र आमा बुकुलमाया लिम्बुको नाममा छोराहरु कृष्ण, टिकाराम र सुनिल लिम्बु र छोरीहरु पुष्पा पंधाक, कमला र दिलमाया लिम्बुको संयुक्त लगानीमा क्लबको एक कोठे भवन निर्माण गरेका थिए । स्वर्गिय चन्द्र प्रसाद लिम्बु २०५४ सालमा नेकपा एमालेबाट साविक वयरवन गाविस वडा नं.६ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

बुबा चन्द्र प्रसाद लिम्बु गत बर्ष र आमा बुकुलमाया लिम्बु ०४७ सालमा स्वर्गारोहण भएको थियो । क्लबको भवन तीन लाख बराबरको खर्चमा निर्माण गरेको निर्माण कर्ता तथा क्लबका निवर्तमान अध्यक्ष सुनिल लिम्बुले बताए । कार्यक्रममा जेष्ठी छोरी पुष्पा लिम्बु पन्धाकले आफ्ना स्वर्गिय बुबा र आमाको बारेमा प्रष्टयाएका थिए । त्यसैगरी कार्यक्रममा वडाध्यक्ष धनबहादुर राई, सूर्यप्रकास पन्धाकले र क्लबको अध्यक्ष लिला बहादुर बुढाथोकीले बोलेका थिए ।

क्लबले संरक्षण गरेको खेल मैदानमा यस अघि डम्बर कटुवाल परिवारले आफ्ना स्वर्गिय बुबाको नाममा मञ्च निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका थिए । टिकाराम लिम्बुको अध्यक्षता र देवेन्द्र विष्टको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अतिथिहरु वडासदस्य रोषन लामिछाने गुरुङ, शिव दुलाल, साउनी माझी, श्यामकुमारी वि.क, समाजसेवी डिल्ली गुरुङ, चमक बहादुर कार्की, पार्टी प्रतिनिधि डम्बर कटुवाल लगाएत उपस्थित रहेका थिए ।

 

सम्बन्धित खवर