उपप्रमुख विष्ट सम्मानित

बैशाख १ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला आफ्नो नगरको वडा नम्बर ६ मा आज सम्मानित हुनु भएको छ ।

शिव पाञ्चायन मन्दिर कुँडाले आयोजना गरेको नववर्षको शुभकामना आदान प्रदान तथा गेट उद्घाटन् कार्यक्रमकामा उपप्रमुख वास्तोलालाई सम्मान पत्रले सम्मानित गरिएको हो ।

१ नम्बर प्रदेशमा न्याय सम्पादनमा उत्कृष्ठ काम गरेको र सो मन्दिरलाई पनि नगर उपप्रमुखको तर्फबाट नगर मार्फतको बजेट व्यवस्थापनमा सहयोग पुर्याएको भन्दै मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद चापागाईंले उहाँलाई सम्मानित गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले विपन्न र असहायहरुकोमा न्यायको पहुँच पुर्याउन आफ्नो भरमग्दुर प्रयास रहने जनाउनुका साथै नगरमा पछि परेका क्षेत्रहरुको विकासका लागि समेत आफु दत्तचित्त रहेको पनि बताउनु भयो ।

सो अवसरमा, मेचीकाली हामी नेपाली टिकटक समूहले जुटाएको सहयोगबाट ४० हजार रुपैयाँको लागतमा निर्मित मन्दिरको गेटको पनि उपप्रमुख वास्तोलाले उद्घाटन् गर्नुभयो ।

कार्यक्रममा, ६ नम्बर वडा सदस्य सरस्वती कटुवाल, प्रदेश खेलकुद कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, टिकटक समूहका व्यवस्थापक गोविन्द कार्की सहितले मन्तव्य व्यक्त गर्नुभयो । सो मन्दिरका जग्गादाता कृष्णप्रसाद चापागाईं, मूर्तिदाता वीरवहादुर वस्नेत, आर्थिक सहयोगी मीनाकुमारी कार्की सहितको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर