राजकुमारी तामाङ, बैशाख १२ गते, कानेपोखरी । राष्ट्रिय युवा संघ नेपालले कानेपोखरी गाउँपालिकाको ७ वटै वडामा गरिव तथा विपन्न वर्गको ७ वटा घर निर्माण गरिदिने भएका छन् ।
संघले आइतबार वडा नं. ६ को मोहन ठटालको घर निर्माणको लागि घर शिलान्यास गरेको छ । कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र विशिष्ट अतिथि उपाध्यक्ष राजमती इङ्नामले संयुक्तरुपमा खम्बा गाड्ने खाल्डो खनेर घर निर्माण सुरु गरेका थिए ।
विशिष्ट अतिथि संघका उपाध्यक्ष रविन थापा र कार्यक्रमको सभापती संघका जिल्ला अध्यक्ष नविन पौड्यालले मन्तव्य राख्ने क्रममा वडा नं. ६ बाट घर निर्माण गर्न सुरु गरेको हो अव सवै वडामा गरिव तथा विपन्न वर्गका व्यक्तिलाई एकएक वटा घर निर्माण गर्ने लक्ष्य रहेको बताए ।
युवा संघले स्थानीयहरुसँग रकम संकलन गरी घर निर्माण गर्न लागेको संघका जिल्ला अध्यक्ष नविन पौड्यालले बताए । युवाहरुले विहान नै देखि जिर्ण रहेको घर भत्काएर नापनक्सा गरी घर निर्माण कार्य सुरु गरेका थिए ।
कार्यक्रममा पार्टी जिल्ला सदस्य भोला अधिकारी, कानेपोखरी गाउँ पार्टी अध्यक्ष दानवहादुर वस्नेत, सचिव चरण गुरुङ, संघका केन्द्रीय सदस्य कृष्ण गुरुङ, ६ नं. वडाध्यक्ष खड्ग वहादुर वस्नेत, ६ नं. वडा पार्टी वडाध्यक्ष कुमार फुयाल, ७ नं. वडा पार्टी अध्यक्ष हरिप्रसाद न्यौपा, संघका जिल्ला सदस्य एविन्द्र पाठक, धर्म घिसिङ लगायत उपस्थितिमा घर निर्माण सुरु भएको छ । कार्यक्रम संघका गाउँ अध्यक्ष अशोक फुयलले कार्यक्रा संचालन गरेका थिए ।