वडामा लागू औषध दुव्र्यसन सचेतना कार्यक्रम सम्पन्न

जेठ २९ गते, पथरी । लागू औषध दुव्र्यसन सचेतना कार्यक्रम पथरीशनिश्चरे – १० नम्बर वडा कार्यालयलले सञ्चालन गरेको छ ।

कार्यक्रममा सहभागिले यूवाहरुमा लागू औषधको कुलत बढेकाले त्यसको रोकथामका लागि सचेतनाका यसखाले कार्यक्रम सञ्चालन गर्दै यूवाहरुलाई सहि बाटोमा हिड्न सवै मिलेर प्रेरित गर्नुपर्ने बताएका छन् ।

वडाध्यक्ष सागर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, इलाका प्रहरी कार्यालय पथरीका प्रहरी सहायक निरीक्षक हिक्मत श्रेष्ठ, शसस्त्र बेस क्याम्प भूटानी शरणार्थी शिविर प्रमुख रमेशकुमार बोहोरा, समाजसेवी चन्द्र तामाङ, दिलबहादुर कार्की, खेम भट्टराई, युवाहरु गजेन्द्र तामाङ, अमृत गुरुङ, प्रदिप राई सहितले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच, कार्यक्रममा युवाहरुमाझबाट ९ सदस्यीय लागू औषध नियन्त्रण टोली समेत गठन गरिएको छ । टोलीको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः गजिन तामाङ, अमित गुरुङ, कृष्ण राई चुनिनु भएको छ ।

सदस्यहरुमा, सागर कुवर, शरण थापा, किरण राई, जिसन कँडेल र युवराज वस्नेत रहनु भएको छ । सल्लाहकार संयोजकमा भेषबहादुर तामाङ तथा सदस्यमा वसन्त मादेन र वीरबहादुर वस्नेत रहनु भएको कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्यले जनाए ।

सम्बन्धित खवर