शुक्रबार, अशोज ३१, २०८२

एमालेको १० नम्बर वडामा २ ठाउँ कार्यालय स्थापना

बैशाख १४ गते, पथरी । नेकपा एमालेले निर्वाचन प्रचार प्रसारलाई प्रभावकारी बनाउन मोरङको पथरीशनिश्चरे १० मा २ स्थानमा कार्यालय खडा गरेको छ ।

नयाँ मंगलबारेमा वडा पार्टी कार्यालय र त्रिवेणी चोकमा सम्पर्क कार्यालय खडा गरी उद्घाटन गराएको छ । कार्यक्रममा, एमाले केन्द्रीय सदस्य युवराज वास्कोटाका साथै प्रदेश सदस्य डम्बर चोङवाङ, जिल्ला सदस्य भगतचन्द्र थपलिया, एमालेका नगर प्रमुखका उम्मेदवार मोहन तुम्वापो, उपप्रमुखका उम्मेदवार देवीमाया काफ्ले सहितले कार्यालय उद्घाटन् गर्दै गाउँवस्तीमा एमाले झनै बलियो भएर अगाडि बढेको बताए ।

कार्यक्रममा, वडाध्यक्षका उम्मेदवार जीवन खतिवडा, खुला सदस्यका उम्मेदवार दिलबहादुर कार्की र विकास तामाङ, महिला सदस्यका उम्मेदवार मीना तामाङ र दलित महिला सदस्यका उम्मेदवार मनकुमारी विश्वकर्माको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.