कानेपोखरीमा ‘लालकिल्ला’ जोगाउर्दै एमाले, प्यानल नै विजयीको सरुआत

जेठ १ गते, कानेपोखरी । नेकपा एमाले लालकिल्ला मानिने मोरङको कानेपोखरी वडा नंं. –७ मा एमालेको प्यानलनै विजयी भएको छ । पूर्व वडा अध्यक्ष समेत रहेका मोहन प्रसाद अधिकारी नेतृत्वको प्यानल विजयी भएको हो ।

वडा अध्यक्ष अधिकारीले १ हजार ३ सय २८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत कार्यालयले जनाए । अध्यक्षको निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका अमृत चेम्जोङले १ हजार ९० मत ल्याएका थिए । त्यसैगरी नेकपा(माओवादी केन्द्र)का नविन राईले ९४, राप्रपाको अध्यक्ष मोहन खड्काले १२, र दाप सहितको खुकुरीको अध्यक्ष पदको सेरमान लिम्बुले ७ मत ल्इाएका थिए ।

एमालेका विजयी सदस्यहरु पदमकुमारी कार्की १४०९, जीत बहादुर लिम्बु १३००, जीवन सुब्बा १२८२ र दलित महिला सदस्यमा रुविना विश्वकर्मा १३६१ मत ल्याएर निर्वाचित भएका छन् । त्यसैग्री दाप सहितको खुकुरी पहिलो खुल्ला सदस्यमा विजयी लिम्बुले ६६ मत ल्याएका छन् । वडामा २ हजार ७ सय २ मत खसेको थियो ।

७ नम्बर वडाबाट गाउँपालिका अध्यक्ष पदमा एमालेका उम्मेद्वार राजमती इङ्नामले १२३४ मत ल्याएका थिए । कांग्रेसका अध्यक्ष सन्जय भट्राईले ४०७ मत ल्याएका थिए भने माओवादीका अध्यक्ष सूर्य धिमालले ५३१ मत, राप्रपाका मोहन गौगमले १७ मत, कुखुराको भालेले ७ र छाताले ४ मत पाएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा एमालेको भोला अधिकारीले १३१८ मत, नेपाली कांग्रेसका मनकुमारी गुरुङले ९६९ मत र माओवादीका तारा ओझाले १४३ मत पाएका छन् । त्यसैगरी राप्रपाले १८ मत, एकिकृत माजवादीले २ मत र कुखुराको भालेले ५ मत ल्याएका छन् ।

सम्बन्धित खवर