आदिवासी जनजाति कर्मचारी संगठित, महासंघको अध्यक्षमा दिलकुमार लिम्बू

साउन ७ गते, काठमाडौं । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरु संगठित भएका छन् । काठमाडौंमा सम्पन्न भेलाले निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित ‘नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ’ गठन भएको हो ।

दिलकुमार लिम्बूको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएका छन् । सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया तामाङ उपाध्यक्ष तथा जितेन्द्र बलामी महासचिव रहेका छन् । त्यसैगरी, विष्णु चौधरी, यसी शेर्पा, डिलबहादुर तामाङ, रञ्जना मुखिया, पवन घर्तीमगर, रचना बुढाथोकी मगर र चक्रबहादुर घर्तीमगर सचिव चयन भएका छन् । त्यस्तै, विनुका शेर्पा कोषाध्यक्ष र युनिल राई सह–कोषाध्यक्ष चयन भएका छन् ।

भेलामार्फत सुजित चौधरी, विकाश श्रेष्ठ, नविद्र सुनुवार, फूलमाया लिम्बू, हेमराज पुन मगर, अनिल श्रेष्ठ, रमेश सुनुवार, भुवन लिम्बू, जितबहादुर रानामगर, सोनी तामाङ, कविता राई, सन्ध्या सुब्बा, निना राई र धर्मबहादुर थारु सदस्य चयन भएका छन् ।

भेलाले कृष्टि रोकमगरको संयोजगत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । विजय मोक्तान र गौतम बुढामगर समितिका सदस्य रहेको छन् । हाल तदर्थ समितिको रुपमा गठन गरिएको महासंघले आगामी ६ महिना भित्र महाधिवेशन सम्पन्न गर्ने नवनिर्वाचित अध्यक्ष लिम्बूले जानकारी दिए ।
अध्यक्ष लिम्बूका अनुसार महासंघमा ८ भन्दा धेरै जातिय कर्मचारी संगठनहरु आवद्ध रहेका छन् ।

 

सम्बन्धित खवर