असोज ६ गते, कानेपोखरी । नेकपा (माओवादी केन्द्र) कानेपोखरी –७ नम्बर वडाको वडा कमिटि गठन भएको छ । प्रथम भेलाले केदार राईको अध्यक्षमा २९ वडा कमिटि गठन भएको हो ।
बुधबार आइतबारेको गुम्बामा भएको भेलाले सचिवमा मेहरमान परियारलाई सर्वसमत चयन गरिएको छ । त्यसैगरी वडा नं. ७ कै वाइसीएल नेपाल वडा कमिटी पनि गठन भएको छ । कमिटिको अध्यक्षमा ओकिल राई र सचिबमा मनोज पुरीको नेतृत्वमा ३१ सदस्यीय समिति गठन भएको हो । गाउँपालिकाको ३ नम्बर वडा बाहेक सवै वडा कमिटि गठन गरिसकेको गाउँ कमिटि संयोजक मनोज राजवंशीले बताए ।
कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य एवम् पार्टी प्रदेश कमिटि सदस्य लाल बहादुर सुस्लिङ मगर, अतिथिहरु कानेपोखरी गाउँकमिटि इन्चार्ज राजेन्द्र मण्डल, संयोजक मनोज राजबंशी, प्रदेश सल्लाहकार सदस्य सुर्यबहादुर धिमाल, डिल्ली प्रकाश राई, भोजबिर माझी, वाइसीएल जिल्ला सचिब नवीन गुरुङ लगाएत उपस्थित रहेका थिए ।