चासोक तङ्नाम लेटाङ नगरमा धुमधाम मनाइर्दै

मंसिर २९ गते, लेटाङ । मोरङको लेटाङ नगरपालिका स्थित लेटाङ बजारमा लिम्बु जातिले चासोक तङ्नाम मनाउने भएको छ ।

विहिवार याक्थुङ चुम्लुङ लेटाङले पत्रकार सम्मेलनको आयोजना गरि चासोक तङ्नाम मनाउने बारेमा जानकारी गराएको थियो । चासोक तङ्नाम आगामी पुस ४ गते मनाउने भएको हो । कार्यक्रममा लिम्वु सहित तामाङ,नेवार,राई र मगर जातिको मौलिक नृत्य प्रस्तुत गरिने चुम्लुङका अध्यक्ष जीवन खेवाले बताए । लिम्वु समुदायको मौलिक सँस्कार सँस्कृतिको संरक्षण, सम्वद्र्धन गर्दै समग्र लिम्वु जातिको एकताको निम्ति चासोक तङ्नामको आयोजना गरिने भवानी माखिमले बताएका छन् ।

लिम्वु जातिहरु विभिन्न राजनीति र धर्मको नाममा विभाजन हुँदै गईरहेको हुँदा समग्र लिम्बु समुदायलाई एकताको शुत्रमा बाँध्न चासोक तङ्नामलाई सामुहिक रुपमा मनाउने परम्पराको थालनी गर्न चुम्लुङले यस कार्यक्रमको आयोजना गरेको माखिमले बताएका छन् । यस कार्यक्रममा सबै धर्ममा आस्था राख्ने लिम्वु जातिलाई माखिमले सहभागिताको लागि अनुरोध पनि गरेका छन् ।

कार्यक्रमका संयोजक ललितबहादुर लिम्वुले चासोक तङ्नामको विशेषता बारे बताएका थिए । पाकेको अन्नवाली लिम्वुहरुको ईष्ट देव युमामाङलाई चढाएर मात्र लिम्वु समुदायले भोजन गर्न हुने र त्यसरी युमालाई नचढाई खाँदा बालवच्चामा दुख विमार तथा गलगाँड आउने मिथक रहेको लिम्वुले बताए । युमालाई अन्नवाली चढाई गरिने पुजाआजालाई चासोक तङ्नामको रुपमा मनाउँदै आएको संयोजक लिम्वुले बताएका छन् ।

चासोक तङ्नाम कार्यक्रममा लिम्वु जातिको मौलिक खानाका परिकारहरुको प्रदर्शनी र विक्री समेत गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर