रमाइलो जनएकता साकोसको सवा ७ करोड आम्दानी

पूर्व संचालक डम्बरुप्रसाद खरेल

पुस २४ गते, पथरी । तीन वटा सहकारी संस्था एकीकरण पछि रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाको प्रथम चुनावी साधरण सभा सम्पन्न भएको छ । कानेपोखरी–६, रमाइलोमा रहेको जनएकता साकोस र रमाइलो साकोस विच एकीकरण पछि वडा नं. २ दलेलीमा रहेको दलेली साकोस पनि रमाइलो जनएकतामा एकीकरण भएको थियो ।

शनिबार भएको प्रथम साधरणसभामाको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्टि अतिथिहरु गाउँपालिका निर्वतमान अध्यक्ष ताराबहादुर काफ्ले र गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गरेका थिए ।

संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा  ७ करोड ३३ लाख ७१ हजार १ सय ३४ रुपैया आम्दानी गरेको संस्थाको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको छ । त्यस्तै संस्थाले ६ करोड ३५ लाख ९७ हजार ९ सय ७८ रुपैया खर्च गरेको छ । यस आर्थिक बर्षमा संस्थाले ९७ लाख ७३ हजार १ सय ५६ शुद्ध बचत गरेको छ ।

नीजि विद्यालय तर्फ संस्थाले पर्ल एकेडेमी इङ्लिस स्कुलबाट कक्षा १२ मा ३.८५ जिपिए ल्याउने समिक्षा गौतमलाई छात्रवृत्ति पुरस्कार प्रदान गरेका छन् । सामुदायिक विद्यालयबाट आवेदन नआएको संस्थाले जनाएको छ । त्यस्तै एसईईबाट सामुदायिक तर्फ जनसेवा माविबाट ३.७५ जिपिए ल्याउने डिना ढुङ्गाना र संस्थागत तर्फ पिनाकल ज्ञान मन्दिर स्कुलबाट ३.९५ जिपिए ल्याउने दिपेश कटवाललाई छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाले नियमित वचत तथा ऋण अर्थिक कारोवार गर्ने लता राई, तारादेवी अधिकारी, रामबहादुर भूजेल र राजु श्रेष्ठलाई पुरस्कतृ गरेको छ । त्यस्तै, दैनिक वचत तर्फ अर्जुनलाल बहरदार र निर्मला घिमिरे, कर्मचारीमा भवानी थेगिम, बाल बचत तर्फ श्रेया राउत र आयुष थापालाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी पूर्व संचालक डम्बरुप्रसाद खरेल, ज्येष्ठ सदस्य ८७ बर्षीय कृष्णमाया कोईराला र ९६ बर्षीय लक्षीबहादुर लिम्बुलाई सम्मान गरिएको थियो । ज्येष्ठ सदस्य सम्मानको लागि मासिक १ सयको दरले बार्षीक १२ सय रुपैया संस्थाका १३८ जना ज्येष्ठ सदस्यलाई संस्थाले निमित्त राहत प्रदान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिहरुले विभिन्न विद्यामा शेयर सदस्यहरुलाई सम्मान पत्र र दोसल्लाह ओढाएर सम्मान र प्रशंसा पत्र र पुरस्कारको राशिले पुरस्कृत गरेका थिए ।

संस्थामा दैनिक बचत १४६५ र बाल बचत ११०७ जनाले गर्दै आएका छन् । त्यस्तै संस्थामा ३ बर्षे आवधिक बतच ३७ जना, २ बर्षे आवधिक बचत १० जना र १ बर्षे आवधिक बचत २८ जना र जेष्ठ नागरिक बचत ५० जनाले गर्दै आएको छ ।

संस्थामा २०७९ असार मसान्त सम्म संस्थाको सम्पती ८६ करोड ५२ लाख ३६ हजार ६ सय ४४ रुपैया रहेको छ । त्यस्तै, २०७९ असार मसान्त सम्म जम्मा ६३ करोड, ३६ लाख, ४ हजार ४ सय ४६ रुपैया रहेको छ । संस्थामा अहिले १० हजार १ सय ४८ जना सेयर सदस्य रहेका छन् । शनिबार भएको निर्वाचनमा ६ हजार २ सय ६८ मत खसेको निर्वाचन प्रमुखले बताए ।

चुनावमा जनएकता साकोस हुँदा पूर्व अध्यक्ष दानबहादुर बस्नेत र पूर्व उपाध्यक्ष तथा हाल कोषाध्यक्ष रहेका त्रिभूनाथ फुयल(सन्तोष) विच अध्यक्षमा प्रतिस्पर्धा रहेको थियो । चुनाव अघि सहसचिव, कोषाध्यक्ष र लेखा संयोजक र लेखा सदस्यहरु सर्वसम्मत भईसकेका थिए । बाँकी पदहरुमा निर्वाचन भएको थियो ।

ज्येष्ठ सदस्य ८७ बर्षीय कृष्णमाया कोईराला

     पर्ल एकेडेमी इङ्लिस स्कुलबाट कक्षा १२ मा ३.८५ जिपिए ल्याउने समिक्षा गौतम

सम्बन्धित खवर