क्यान्सर पीडित सिताको थप उपचारको लागि सहगोग जुट्रदै, १ लाख ८७ हजार हस्तान्तरण

भदौ ७, कानेपोखरी । क्यान्सर पीडित कानेपोखरी ४, स्थित हस्तिनापुरकी सिता भट्टराईको थप उपचारको लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दो छ ।

बुधबार मात्र क्यान्सर पीडित भट्टराईको थप उपचारको लागि संकलित १ लाख ८७ हजार रुपैया हस्तान्तरण गरिएको छ । वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा सदस्य शुशिला श्रेष्ठ र स्थानीय समाजसेवी डम्बरु प्रसाद खरेको उपस्थितमा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले संकलित रकम हस्तान्तरण गरेको थिए ।

सहयोग हस्तान्तरण गर्दै उपाध्यक्ष अधिकारीले अप्ठारो परेको वेला सवैले सहयोग गरियो भने क्यान्सर पीडितको मनोवल बढ्ने र हौसला प्रदान हुने बताए । यस्ता ठुलो रोग सवैलाई लाग्न सक्छ सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने बताए ।

रकम क्यान्सर पीडित सिताका पती पदम प्रसाद भट्टराईलाई हस्तान्तरण गरिएको थियो । पदम बहादुर कानेपोखरी गाउँपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत छन् । गाउँपालिकामा उहाँलाई ठुला साना सबैले प्यारो नाम ‘मामा’ साइनोले बोलाउने गरेका छन् ।

सहयोग रकम ग्रहण गर्दै पदम प्रसाद भट्टराईले सहयोगका लागि सवै प्रति आभार व्यक्त गरेका छन् । उनले सहयोग गर्न अन्य इच्छुकहरुका लागि थप सहयोगको अपेक्षा पनि गरेका छन् ।

वडा नं. ६ की वडा सदस्य शुशिला श्रेष्ठले मात्र १ लाख ५१ हजार ७ सय ४५ रुपैया संकलन गरी गरेकी थिइन् । सदस्य श्रेष्ठका अनुसार फेसबुकमा तस्विर पोष्ट गरेपछि आर्थिक सयोग दाताहरुले आफै दिने इच्छा गरेपछि जेठ ३१ गतेबाट सहयोग जुट्न थालेको बताइन् । त्यसैगरी वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेतले पनि २७ हजार ७ सय ५५ रुपैया संकलन गरेका थिए । त्यस्तै समाजेवी डम्बरु प्रसाद खरेलले ७ हजार ५ सय सहयोग जुटाएका थिए ।

हस्तिना पुर समाज सेवा परिवारको तर्फबाट पनि ८९ जनाको टिमले ४७ हजार ४ सय ५० रुपैया संकलन गरेर हस्तान्तरण गरिसकेको जनक अधिकारीले निगरानी टाइम्सलाई बताए । त्यसैगरी गाउँपालिकाको कर्मचारीहरुबाट ५० हजार, रमाइलो जनएकता साकोसले १२ हजार ५ सय र न्यू देउराली साकोसले पनि १२ हजार ५ सय संकलन गरी हस्तान्तरण गरिसकेको छ ।

 

 

 

सम्बन्धित खवर