कानेपोखरीमा १५९८ पशुपन्छीलाई निःशुल्क खोप र औषधी

तस्विरहरु : अधिकृत गणेश रेग्मीबाट

चैत ७ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकामा एकैदिन १५९८ पशुपन्छीलाई निःशुल्क औषधी र खोप लगाइएको छ ।

वडा नं. २ स्थित दलेलीमा भएको निःशुल्क पशु स्वास्थ्य शिविरमा गाउँपालिका भरीका बाख्रा, गाईगोरु, भैसी, कुखुरा र कुकुर गरी जम्मा १५ सय ९८ को निःशुल्क औषधी उपचार साथै खोप लगाइएको हो ।

शिविरमा ४५७ वटा बाख्रालाई परजीवि विरुद्धको औषधी र पीपीआर, ६३१ गाईगोरु र २५५ वटा भैसीलाई खोरेत विरुद्धको खोप, २२० कुखुरालाई जुकाको औषधी र ३५वटा कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन दिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख डम्बर बहादुर राईले बताए ।

निःशुल्क पशु स्वास्थ्य शिविर गाउँपालिकाको आयोजनामा भएको थियो । शिविरलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले उ्घाटन गरेका थिए । वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीको अध्यक्षतामा शिविर संचालन भएको थियो ।

शिविरमा पशु प्राविधिक दिपक लुइटेल, राजकुमार लिम्बु, संगिता कार्की, सागर पौडेल र भवानी शखर कोइरालाको सहयोग रहेको गाउँपालिका पशु सेवा शाखा अधिकृत गणेश रेग्मीले बताए ।

 

 

 

सम्बन्धित खवर