भदौ १९, कानेपोखरी । एसबिएससी सिङ्गिङ् स्टार सिजन ५ को छनौट चरणमा पर्ल एकेडेमी बार्डिङ स्कुलका दुईजना छात्रा छनौट भएका छन् ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको छनौट चरणमा मारियम लिम्बु र गुराँस मगर छनौट भएको हो । मारियम लिम्बु कक्षा ८ मा र गुराँस मगर कक्षा ५ मा अध्ययनरत छात्रा हुन ।
उनिहरु रंगेलीमा भएको प्रतिस्पधामा छनौट भएका थिए । सिङ्गिङ् स्टारको दोस्रो चरणको छनौट असोज ३ गते विराटनगरमा हुने आयोजकले जानकारी दिएका छन् । गायनमा नानीहरुको तयारी राम्रो भएकोले उपाधि चुम्ने तयारीमा रहेको पर्ल एमेडेमी स्कुलका निर्देशक मनकुमारी गुरुङले बताइन् ।
उर्लाबारी, रंगेली, विराट चोक हुदैँ विराटनगरमा समापन भएका छन् । उर्लाबारीमा भएको छनौटमा ४८ सहभागि मध्ये २६ जना छनौट भएका थिए । त्यसैगरी रंगेली ३६ जना सहभागि मध्ये २४ जना, विराट चोकमा २६ जना सहभागि मध्ये १७ जना र विराटनगरमा ५४ सहभागि मध्ये ३९ जना छनौट भएका थिए ।
मोरङ जिल्ला भरीका १६४ जना विद्यार्थीहरु सहभागि थिए ।