अध्यक्षविरूद्ध एक वर्ष कैद र १८ लाख जरिवानको माग दाबी, आज अदालतमा अभियोग दर्ता हुँदै

साउन २१, विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु विरुद्ध मुद्दा दायर हुने भएको छ ।

डिभिजन वन कार्यालय मोरङले अध्यक्ष लिम्बु विरुद्ध जिल्ला अदालत मोरङमा आइतबार अभियोग दर्ता गर्ने भएको हो ।

लिम्बुलाई फरार प्रतिवादी बनाएर डिभिजन वन कार्यालयले वन ऐन अन्र्तगत मुद्दा दर्ता गर्ने तयारी गरिएको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरले जानकारी दिए । ‘अनुसन्धान पुरा भएको छ,’ उनले भने, ‘आइतबार अभियोग दर्ता गरिने तयारी गरिएको छ ।’ वन ऐन २०७६ को दफा ४९ अनुसार लिम्बुलाई १ वर्ष कैद र बिगो बरावर १८ लाख जरिवना वा दुवै सजय हुने माग दावी लिएर अभियोग दर्ता गर्ने तयारी डिभिजन वन कार्यालयले गरेको छ ।

आइतबार अभियोग दर्ता भए सोमबार थुनछेक हुने अदालतले जनाएको छ । लिम्बुले सामुदायिक वनको १७ लाख ५५ हजार मुल्य बरावरको ९ सय ५५ क्यूफिट काठ अन्यमितता गरेको आरोप छ । वनको काठ अन्यमितता गरेको पाइएपछि डिभिजन वन कार्यालय मोरङले उनीविरुद्ध १४ असारमा उनीविद्ध मोरङ अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएपछि लिम्बु फरार भए ।

फरार भएका लिम्बुलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्रचार गरेको थियो । पहुच र पावरको भरमा प्रहरी र वन कार्यालयले उनलाई पक्राउ नगरी फरार प्रतिवादी बनाएर अभियोग लैजाने तयारी गरिएको छ । उनी विराटनगरमा रहेको बुझिएको छ । अदालतबाट धरौटि खुलाउने र धरौटि रकम बुझाएर मुद्दाको निरुपण गर्ने तयारीमा उनी लागि परेका छन । त्यसको लागि काँग्रेसको जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरु लागि परेका छन ।

डिभिजन वन कार्यालय मोरङले बनाएको छानविन समितिको प्रतिवेदन अनुसार लिम्बुले सामुदायिक वन भित्रको घाटगद्धीमा रहेको साल र अन्य विभिन्न प्रजातिको काठ आफुखुसी विक्री गरी सामुदायिक वनको साढे १७ लाख बढी रकम आर्थिक अन्यमिमता गरेको पाइएको हो ।
अन्यमिमताको आरोप लागेको लिम्बु नेपाली काँग्रेस बेलबारीका नगर सभापति पनि हुन । उनी विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी समाल्दै आएका थिए । २०७९ साउनमा अध्यक्ष लिम्बुले वनको घाट गद्धीमा रहेको काठ आफुखुसी उपभोक्ताहरुलाई बिक्री गरेको फर्जी बिल देखाएर अन्यन्त्र काठको कारोबार गर्ने व्यापारीलाई बिक्री गरेको पाइएको छ । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई किर्ते कागजात बनाइ काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ । लिम्बुले प्रतिक्युफिट २ हजार देखि ३ हजारसम्म विक्री गरेको बुझिएको छ ।

अध्यक्ष लिम्बुले अन्ययमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन बन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन बन कार्यालयले सब डिभिजन कानेपोखरीका वन अधिकृत अलाउदीन मियाको नेतृत्वको समितिले छानविन गरेको थियो । छानविनको क्रममा अध्यक्ष लिम्बुले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अन्ययमितताल गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।

३ वर्षको कार्यकाल भएपनि लिम्बुले आफनो कार्यकालको म्यद सकिएको एक वर्ष पछाडी मात्रै साधारणसभा गराएरका थिए । ४ वर्षमा ९ सय ८७ क्यूफिट लकडी बिक्री भएको देखिएको छ । लिम्बुले सखुवा ९साल०४२७ क्युफिट, ३ सय क्युटिफुट बोटध्यमरो र अन्य प्रजातिको २६० क्युफिट काठ बिक्री गरेका थिए ।

छानविन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दिपेश मिश्रालाई गत असार ११ गते अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको थियो । उनले अनुसन्धान पुरा गरेपछि अभियोग लैजाने तयारी गरिएको हो । न्यूजविराटबाट

सम्बन्धित खवर