सहारा नेपाल रमाइलो सेवा केन्द्रद्धारा जेष्ठ नागरिकलाई सम्मान

विवेक खतिवडा

चैत्र २१ गते, कानेपोखरी । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था रमाइलो सेवा केन्द्रले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

मंगलबार संस्थाको २८ औं वार्षिक उत्सवको अवसरमा कानेपोखरी गाउँपालिका वडा नं. ६ स्थित जेष्ठ नागरिक चौतारीमा एक कार्यक्रमको अयोजना गरी दुईजना वृद्धवृद्धालाई सम्मानित गरिएको हो । जेष्ठ नागरिक ९१ बर्षिय कुल बहादुर बस्नेत र ८६ बर्षिय कृष्णमाया गुरागाईलाई एकएक थान वैसाखी(लौरो) प्रदान गरी दोसल्लाह ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिक चौतारीलाई दुई थान पङ्खा, १ थान डस्टवीन र १ थान घडी प्रदान गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी र वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले सम्मान र सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको सभापतित्व सेयर सदस्य तेसकुमार भट्टराईले गरेका थिए भने कार्यक्रम संचालन संस्थाकी कर्मचारी सरला कार्कीले गरेकी थिइन् । स्वागत मन्तव्य पेशल शर्मा बरालले गरेका थिए भने कार्यक्रमको प्रकाश शाखा प्रमुख कुसुम चुडालले गरेकी थिइन् । कार्यक्रममा नयाँ सदस्यता प्रदान गर्ने काम गौरी सुवेदीले गरेकी थिइन् ।

३३ जना सेयर सदस्यबाट ३४ हजार सेयर पुँजीबाट संस्था स्थापन गरिएको थियो । हाल १ लाख ६० हजार भन्दा माथी सेयर सदस्य रहेका छन् भने सेयर पुँजी रकम १ अर्व ३४ करोड रकम रहेको छ । संस्थाले जगेडा कोष ११ करोड, १५ अर्वको वासलत बनाई सकेको छ । कोशी प्रदेश अन्तरगत ६ वटा जिल्लामा आफ्नो कार्य क्षेत्र बनाई ८० ओटा सेवा केन्द्र संचालनमा रहेको छ ।

 

सम्बन्धित खवर