मंसिर २० गते, पथरी । नेपाल कम्युनिस्ट पार्टी(एमाले) पथरीशनिश्चरे – ८ नम्बर वडा कमिटीले प्रत्येकदिन ‘टोलटोलमा एमाले अभियान’ संचालन गरिरहेको छ ।
वडामा टोल विभाजन गरी नेकपा एमालेको टोल कमिटी गठन गर्दै पार्टीका सदस्यहरुलाई भेटघाट कार्यक्रमको अभियान संचालन गरेको हो । वडाको टोल कमिटी गठन गर्ने र उक्त टोलमा रहेका समस्याहरू पहिचान गरी समाधान गर्न पहल गर्दै आएको वडा कमिटी अध्यक्ष नवीन कार्कीले बताए ।
वडा पार्टीले अहिले सम्म टोल कमिटी गठन प्रक्रिया अन्तरगत २ सय १० जना पार्टीको सदस्यलाई टोल कमिटी पदाधिकारी तथा सदस्य पदमा संगठित गरेको अध्यक्ष कार्कीले बताए । कार्यक्रमको बिषयमा एमाले पथरीशनिश्चरे नगर कमिटी अध्यक्ष रमेश दाहालले ८ नम्बर वडा अरु वडा भन्दा संगठन बिस्तारमा अगाडी रहेको बताए । यसैगरी नगर सचिव भिमकुमार राईले ८ नम्बर वडाको कार्यक्रम र प्रभाबकारीताले जनतामाझ एमाले लोकप्रिय रहेको बताए ।
अभियानमा एमाले क्षेत्रीय कमिटी सदस्य प्रकाश कार्की, नगर कमिटी सदस्यहरु कुलबहादुर बिष्ट, निलकण्ठ सुवेदी, बाबुराम चौधरी, नारायण श्रेष्ठ लगाएत वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति टोल कमिटी गठन भएको सचिब पुष्पबहादुर पौडेलले बताए ।