नेपाल तामाङ घेदुङ कानेपोखरीको अध्यक्षमा पुन : टेकबहादुर

राजकुमारी तामाङ
पुस २५ गते, कानेपोखरी । नेपाल तामाङ घेदुङ कानेपोखरी गाउँ इकाइ कमिटीको तेस्रो अधिवेशनले अध्यक्षमा पुन ः टेकबहादुर तामाङ चयन भएका छन् ।

शनिबार कानेपोखरी –६ को हात्तिडुब्बामा रहेको गुम्बामा सम्पन्न सम्मेलनले तीन बर्षे कार्यकालको लागि टेकबहादुर तामाङको अध्यक्षतामा १७ सदस्यीय समिति चयन भएको हो ।

त्यसैगरी उपाध्यक्ष चिरञ्जीवी घिसिङ,सचीवमा रामकुमार घिसिङ, सह सचिवमा मिश्रिमाया पाख्रीन र कोषाध्यक्षमा कमला योञ्जन चयन भएका छन् । त्यसैगरी सदस्यहरु राजकुमार तामाङ, ताराकुमारी योन्जन लगाएत रहेका छ्न ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश घेदुङसंघको कोषाध्यक्ष जानुका पाख्रीन र अतिथि जिल्ला उपाध्यक्ष चन्द्रकुमार घिसिङको उपस्थितीमा गाउँ अधिवेशन सम्मपन्न भएको थियो । कार्यक्रमको अध्यक्षता टेक बहादुर तामाङले गरेको थियो ।

 

सम्बन्धित खवर