निर्माणाधिन किरात माङ्हिम भाषा पाठशालाको अनुगमन्

चैत १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्बर ८ शान्तिचोकस्थित किरात माङ्हिम अन्तर्गत निर्माणाधिन भाषा पाठशालाको अनुगमन् गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकालमार्फत विनियोजित १० लाख रुपैयाँको लागतमा निर्माणाधिन भवनको अनुगमन र पाठशालामा अध्ययन अध्यापन कार्यको निरीक्षण गरिएको छ । पाठशालामा हाल ३२ जना अध्ययनरत छन् ।

सम्बन्धित खवर