चैत्र २० गते, पथरी । नेकपा एमालेले पथरीशनिश्चरे नगरमा संगठन विस्तारको क्रमलाई तीव्र बनाएको छ । पथरीशनिश्चरे १० मा अखिल नेपाल महिला संघ र अखिल नेपाल मजदुर संघको वडा कमिटी गठन भएको छ ।
महिला संघको अध्यक्षमा भूमा विश्वकर्मा, उपाध्यक्षमा सानु श्रेष्ठ, सचिवमा पम्फा विश्वकर्मा, उपसचिवमा गीता खड्का पुनम नेपाली सहित ३३ सदस्यीय कमिटी सर्वसहमत गठन भएको छ । त्यस्तै, मजदुर संघको अध्यक्षमा विकास तामाङ, सचिवमा राजकुमार चौधरी, कोषाध्यक्षमा सुरेश लिम्बू सहित १७ सदस्यीय कमिटी गठन भएको छ ।
कार्यक्रममा, एमालेकी केन्द्रीय सदस्य नैनकला ओझा, प्रदेश सदस्य मोहन तुम्वापो, डम्बर चोङवाङ, जिल्ला सदस्य जीवन खतिवडा, यमुना विष्ट वास्तोला, महिला संघ जिल्ला सदस्य निर्मला राई सहितले शुभकामना मन्तव्य व्यक्त गर्दै अवको निर्वाचनमा एमालेको सानदार जितका लागि अघि बढ्ने वातावरण बनेको बताएका छन् । सो अवसरमा, नेपाली कांग्रेसमा आवद्ध प्रेम तामाङ सहित १२ जना एमालेमा प्रवेश गरेका छन् । कार्यक्रम वडा पार्टी कमिटी अध्यक्ष पर्वत थापाको अध्यक्षतामा सम्पन्न भयो ।