सोमवार, पुस २८, २०८२

कानेपोखरी एमाले निर्वाचन लक्षित कार्यक्रम, ४ जनवर्गिय संगठनको इन्चार्ज र सहइन्चार्ज तोकियो

भदौ ११ गते, कानेपोखरी । नेकपा एमाले कानेपोखरी गाउँ कमिटीको सचिवालय बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचन लक्षित कार्यक्रमहरु अघि सारेको छ ।

शनिबार विहान रमाइलोमा बसेको बैठकले गाउँपालिकाको ७ वटै वडामा जिल्ला कमिटीका सदस्यहरुलाई उप्रेरक तोकेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनको लागि वडामा हुने पार्टीको विभिन्न गतिविधि र पार्टीले खेल्नुपर्ने भूमिका उत्पेरकको नेतृत्वमा हुनेछ ।

वडा नम्बर १ मा गाउँ कमिटी अध्यक्ष सुशिल बुढाथोकी, वडा नम्बर २ र ३ मा जिल्ला सदस्य दानबहादुर बस्नेत, वडा नम्बर ४ मा जिल्ला सचिवलाय सदस्य भोला अधिकारी, वडा नम्बर ५ मा जिल्ला सदस्य  नविन पौड्याल, वडा नम्बर ६ मा जिल्ला सदस्य भूपाल श्रेष्ठ र वडा नम्बर ७ मा जिल्ला सदस्य खेमकुमारी दाहाललाई सचिवलायको बैठकले जिम्मेवारी तोकेको छ । बैठकले भदौ २५ गते भित्र सवै वडा कमिटि र टोल कमिटिहरुको बैठक बसिसक्नु पर्ने निर्णय गरेको छ ।

बैठकले तीनवटा जनवर्गीय संगठनको गाउँ इन्चार्ज र सहइन्चार्ज तोकेको छ । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी इन्चार्ज हरी न्यौपाने, सहइन्चार्ज लोक बहादुर मगर र सुवास पौडेललाई जिम्मेवारी दिएको छ । त्यसैगरी अनेरास्ववियु कानेपोखरीको इन्चार्ज अनिल कार्की, सहइन्चार्ज नयन बुढाथोकी र सरु गुरागाईलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी अनेमासंघ कानेपोखी इन्चार्ज यशोदा लिम्बु, सहइन्चार्ज कमला ओझा र शोभा खनाललाई जिम्मेवारी दिएको छ । त्यसैगरी लोकतान्त्रीक आदिवासी जनजाती महासंघ कानेपोखरीको इन्चार्ज चन्द्र बहादुर मगर, सहइन्चार्ज फस्टु राजवंशी र जीवन लिम्बुलाई सचिवालय बैठकले जिम्मेवारी तोकेको छ ।

गाउँकमिटि अध्यक्ष सुशिल बुढाथोकीको अध्यक्षतामा बैठक सबेको थियो । बैठकका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य तथ कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, पार्टी जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका उपाध्यक्ष भोल अधिकारी, पार्टी जिल्ला सदस्य तथा गाउँ इन्चार्ज दान बहादुर बस्नेतले मन्तव्य राखेका थिए । बैठक संचालन सचिव चरण गुरुङले गरेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.