फागुन ३ गते, दुवई । चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सवमा मध्यपूर्वमा नेपाली चलचित्र प्रबर्द्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै निप फिलिमका प्रोपाइटर रमेश ढकाललाई सम्मान गरेको छ ।
युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएका रमेश ढकालले नेपाली चलचित्रको बजारलाई युएइमा बसेर युएई, कतार, बहराईन र ओमनका सबै सहरहरुमा विस्तार गर्दै नियमित नेपाली चलचित्र पर्दशनी गरिरहेका एक मनोरञ्जनप्रेमी युवा हुन ।
नेपाल सिनेमा फेस्ट यूएईको आर्थिक सहर दुबईमा गत फागुन १२ गते देखि भैरहेको छ । व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै सुरु भएको नेपाल सिनेमा फेस्ट उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरु सहभागी रहेको थियो ।
नेपाल सिनेमा फेस्टको प्रचारप्रसारले झकिझकाउ पारिएको मल्टिप्लेक्समा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, कलाकार अनमोल केसी, उपासना सिंह ठकुरी, शिव श्रेष्ठ, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङदेखि दुबईस्थित व्यवसायी र एनआरएनए प्रतिनिधिहरु उपस्थित रहेका छन ।