नेकपा एमालेको १० नं. वडा अध्यक्षमा पर्वत थापा सर्वसम्मत

 

७ पुस, पथरी । नेकपा(एमाले) पथरीशनिश्चरे –१० नं. वडा कमिटीको अधिवेशनले अध्यक्षमा हिमालय थापा(पर्वत)लाई चयन गरेको छ ।

शुक्रबार भएको अधिवेशनले उपाध्यक्षमा सन्जय राई, सचिवमा लिला कुमार सुब्बा उपसचिवमा रमेश ढुङ्गाना र प्रेमकला ढुङ्गाना सर्वसम्मत भएका छन् ।

त्यसैगरी सदस्यहरुमा उजिर बहादुर राई, पुनम नेपाली, सुक्र लिम्बु, प्रेम ब तामाङ, टिका लुइँटेल, नायककुमार श्रेष्ठ, भूमा विश्वकर्मा, पूनम तामाङ, पूर्णिमा तामाङ, अक्षय राई, मिलन गुरुङ, पदमबहादुर तामाङ, चन्द्रकला खड्का, बुद्ध मगर, शंकर दाहाल, चक्रबहादुर बानियाँ, मेनुका कार्की, आरती राई र विकास तामाङ लगायत रहेका छन् ।

निर्वाचित वडा अधिबेशनलाई प्रमुख अतिथि प्रदेश कमिटी सदस्य दिलिप कुमार राईले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा जिल्ला कमिटि सद्स्य जिवन खतिवडा, जिल्ला कमिटी सदस्य भगत थपलिया लगायत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर