महिला नेतृ यामुना विष्ट बास्तोलाको नेतृत्वमा अनेमा संघ वडा गठन तिब्र

२० पुस, पथरी । मोरङको पथरी शनिश्चरे नगरमा अखिल नेपाल महिला संघको वडा अधिवेशनले तिब्रता पाएको छ । एमालेका महिला नेतृ यामुना बिष्ट बास्तोलाको नेतृत्वमा अनेमा संघको वडा अधिवेशनले तिब्रता पाएको हो ।

नगरमा १, २, ३, ५, ६ र ८ नम्बर वडाको अधिवेशन गरी अनेमा संघको कमिटी निर्माण सम्पन्न भैसकेको छ । बुधबार मात्र अखिल नेपाल महिला संघ पथरी शनिश्चरे वडा नं. १० को वडा अधिवेशन सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघ पथरी शनिश्चरे नगर कमिटिको आयोजनामा बुधबार भएको अधिवेशनले तुलसा लुइँटेलको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा भुमा वि.क., सचिव पूर्णिमा तामाङ, सहसचिवमा मञ्जु भट्टराई र कोषाध्यक्षमा चन्द्रकला खड्का चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा पुनम नेपाली, मिरा विष्ट, सुस्मा भट्टराई, शर्मिला माझी, बिष्णुमाया लिम्बु र डिल्लीमाया लिम्बु चयन भएका छन् । कमिटीमा चयन भएका पदाधिकारी र सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि एमाले प्रदेश कमिटी सदस्य यामुना विष्ट बास्तोला पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

सम्बन्धित खवर