लोक नृत्यमा रेडस्टार मावि प्रदेशमै दोस्रो

४ फागुन, पथरी । मोरङको पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार मावि प्याब्सन कोशी प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा द्धितीय भएका छन् ।

प्याब्सन कोशी प्रदेशद्वारा मोरङको सुन्दरहरैँचामा विहिबार आयोजित प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा रेडस्टार माविले दोस्रो स्थानको पुरस्कार प्राप्त गरेको हो ।

रेडस्टार माविका विद्यार्थीहरूले प्रस्तुत गरेको उराऊ समुदायको मौलिक मुन्डा नृत्य मोरङ जिल्लामा समेत दोस्रो स्थान हासिल गरी प्रदेश स्तरीय नृत्य प्रतियोगिताका लागि छनोट भएको थियो ।

निजी तथा आवासीय संस्थागत विद्यालयहरुको छाता संगठन (प्याब्सन) का केन्द्रिय पूर्वअध्यक्ष टीकाराम पुरीको प्रमुख आतिथ्यतामा तथा कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा प्याब्सन अन्तर्गत कोशी प्रदेश भरिका जिल्ला स्तरीय प्रतियोगिताबाट प्रथम र दोस्रो भएका विद्यालयहरुले प्रदेश स्तरीय नृत्य प्रतियोगितामा सहभागिता जनाएको प्याप्सन मोरङ सदस्य राजु तिम्सिनाले जानकारी दिए ।

प्रतियोगितामा प्याब्सन अन्तर प्रतियोगितामा प्रदेश भरिका ११ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए । कोशी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गर्दै फ्रष्ट रनरअप (दोस्रो) बन्न सफल भएकोमा रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले व्यक्त गरेका छन् ।
उनले यो सफलताले आगामी दिनहरुमा पनि यस्तै सफलताको लागि अन्य जुनियर तथा सिनियर तहका छात्राछात्रहरुलाई निरन्तर उत्प्रेरणा थप्ने कुरामा आफु विश्वस्त रहेको उल्लेख गरे ।

सम्बन्धित खवर