२४ जेठ, पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिकामा प्याब्सन नगरस्तरीय चित्रकला प्रतियोगितामा रेडस्टार मावि र एभरेष्ट बोडिङ स्कुलले क्रमशः सिनियर तथा जुनियरमा प्रथम स्थान हात पार्न सफल भएका छन् ।
शुक्रबार पथरीमा आयोजित प्रतियोगितामा सिनियरतर्फ रेडस्टार माविकी छात्रा जेरियाना राई प्रथम भएकी छन्। त्यस्तै वाल्मीकि मेमोरियल माविका छात्र सनम शिवा द्वितीय र अरुणोदय माविकी छात्रा समीक्षा तामाङ तृतीय भए । एभरेष्ट अङ्ग्रेजी बोडिङ स्कुलकी नाग्मा लिम्बु र प्यागोडा मोडेलकी प्रकृति पुरीले सान्त्वना स्थान हासिल गरेका छन्।
जुनियरतर्फ एभरेष्ट माध्यमिक विद्यालयकी आभा केरुङ प्रथम, ब्राइट करियरकी दीपिका धिमाल द्वितीय र रेडस्टार माविकी मिसेक राई तृतीय भएका छन्। सुपर्व अङ्ग्रेजी बोडिङ स्कुलका प्रिन्स मगर, ग्रेड ग्रेस अङ्ग्रेजी बोडिङ स्कुलका नरेन लिम्बु, बालजागरण बोर्डिङकी जेमिमा राई र भूपु सैनिक माविकी रिया गुरुङले सान्त्वना स्थान प्राप्त गरेका छन्।
विजयी विद्यार्थीहरूलाई पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले अबिर, टीका, रुद्राक्ष माला, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए।