राष्ट्रिय युवा संघ पथरीशनिश्चरे नगरको अध्यक्षमा किसन राई, १३१ सदस्य समिति गठन

माघ १९ गते, पथरी । संस्थापन पक्ष(केपी) राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटीको अध्यक्षमा पदमा किसन राई निर्विरोध चयन हुर्दै १३१ सदस्य नगर कमिटि गठन भएको छ ।

सोमबार पथरीशनिश्चरे नेकपाको पार्टी कार्यालयमा भएको भेलाले उपाध्यक्षमा उपेन्द्र मादेन, दिवस खजुम र रन्जित कार्की, सचिवमा रोशन गुरुङ, सहसचिव प्रनेस लिम्बु र हेमन्त ओझा र कोषअध्यक्षमा आश्री बास्कोटा चयन भएको हो । त्यसैगरी सदस्यहरुमा सनम चौहान, राज कुमार गुरुङ, ईश्वर दुलाल, दिपेन गुरुङ, देश लिम्बु, नवीन सिटौला लगाएत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ केन्द्रिय कमिटि सदस्य बिजय डागी, विशिष्ट अतिथि राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नवीन पौडेल र सचिवलाय सदस्य मनि लिम्बुले नवगठित समितिलाई सपथ गराउँर्दै शुभकामना व्यक्त गरेका थिए । माघ ६ गते भएको नगर स्तरीय युवाहरुको वृह्रद भेलाले समितिको नाम टुङ्गो लगाएको थियो । सोही समितिको नाम सोमबार अन्तिम रुपदिर्दै सपथ गरेको सचिवलाय सदस्य मनि लुम्फुवा लिम्बुले बताए ।

 

सम्बन्धित खवर