कानेपोखरीमा साढें १६ हजार पशुपन्छीमा निशुल्क खोप अभियान सुरु

राजकुमारी तामाङ

फागुन ५ गते, बयरवन । मोरङको कोनपोखरी गाउँपालिकामा साढें १६ हजार पशुपन्छीमा निशुल्क खोप लगाउने अभियान सुरु भएको छ । पशु सेवा शाखा र भेटेनेरी अस्पताल पशु सवा विज्ञ केन्द्रको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम अन्तरगत निशुल्क खोप लगाउने अभियान सुरु गरेको हो ।

पालिको ७ वटै वडामा निशुल्क खोप माघ २६ गते सुरु भएको थियो । फागुन २६ गते खोप समापन हुने छ । खोप अभियानमा १० हजार बाख्रामा पिपिआर, ५ हजार गाईभैसीमा खोरेत र १५ सय वंगुरमा स्वाइ्न फिभर खोप लगाईने गाउँपालिका पशु सेवा शाखाका अधिकृत गणेश रेग्मीले बताए । ७ वटै वडाका किसानहरुको आफ्नो पायक पर्ने स्थानमा केन्द्र स्थापना गरी खोप संचालन गरेको अधिकृत रेग्मीले बताए ।

गाउँपालिकाले पशुहरुमा रोग गाग्न नदिन र आर्थिक क्षति न्यूनिकरण गर्ने उदेश्यले खोप अभियान सुरु गरेको हो । विशेष गरेर व्यवसायिक फार्म, पशु भित्रिने स्थान, पशुपन्छी आवतजावत हुने क्षेत्र र विगतमा रोग फैलिएको क्षेत्रलाई प्राथमिकतामा राखेर खोप संचालन गरेको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख डम्बर बहादुर राईले बताए ।

खोप संचालनको लागि ४ जना भ्यान्सिनेटरले वडाका प्रत्येक केन्दमा गएर खोप लगाई रहेका छन् । अहिले गाउँपालिकाको पशुपन्छीमा पिपिआर खोरेत, स्वाइन फिभर रोगहरु देखा परेको पशु सेवा शाखाले जनाएको छ ।

 

सम्बन्धित खवर