शुक्रबार, कार्तिक २१, २०८२

विभिन्न पार्टी परित्याग गरी युवा संघमा प्रवेश

राजकुमारी तामाङ
बैशाख ३ गते, वयरवन । मोरङको कानेपोखरी – ३ नम्बर वडाका १५ जना युवा विभिन्न पार्टी परित्याग गरि युवा संघ नेपालमा प्रवेश गरेको छ ।
बिहिवार नयाँ वर्षको अवसरमा युवा संघ नेपाल वडाद्धारा आयोजित शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा पार्टी प्रवेश गरेको हो । नव प्रवेशीहरुलाई कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि युवा संघ नेपाल केन्द्रीय सचिवालय सद्स्य तथा मोरङ जिल्ला अध्यक्ष नवीन पौडेलले र विषेश अतिथि नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारीले अविर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले भने “जसरी एउटा बच्चा जन्मलाई १ वर्ष लाग्छ, बोल्न २ वर्ष लाग्छ र हिंडन ३ वर्ष लाग्छ त्यसरी नै हामी पनि अहिले हिड्ने क्रममा छौ बोल्ने क्रममा छौँ चाँडै नै दौडन सक्ने हुनेछौ ।”

कार्यक्रममा वक्तहरुले अन्य वडामा पनि चाडै पार्टी प्रवेशको कार्यक्रम रहेको बताएका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सद्स्य एवम वडा नम्बर २ का वडा अध्यक्ष सुशील बुढाथोकी युवा संघ केन्द्रिय कमिटी सद्स्य तथा परराष्ट मन्त्रालयका सोकिय सचिब कृष्ण गुरुङ, नेकपा एमाले वडा कमिटि अध्यक्ष कुमार फुयाल, युवा संघ कानेपोखरी गाउपालिका कमिटीका अध्यक्ष असोक फुयाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.