शुक्रबार, बैशाख ११, २०८३

नेपाली कांग्रेस कानेपोखरीमा ३ वटा वडा निर्विरोध

 

असोज ६ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेसको ३ वटा वडामा क्षेत्रिय प्रतिनिधि र वडा समिति निर्विरोध निर्वाचित भएका छन् ।

मङ्गलबार मनोनयन दर्ताकै दिन वडा नं. १, ३ र ७ बाट क्षेत्रिय प्रतिनिधि र वडा समितिमा निर्विरोध निर्वाचित भएका हो । त्यसैगरी अरु बाँकी वडा नं. २,४, ५ र ६ मा आज मतदानबाट क्षेत्रिय प्रतिनिधि र वडा समिति चयन हुनेछ ।

वडा नं. –७ को वडा समिति सभापतिमा रत्नबहादुर भुजेल, उपसभापतिमा सूर्यबहादुर राई, शक्तिराज राई, सचिवमा सुन्दर गुरुङ र टीकादेवी सिवाकोटी, सहसचिवमा देवराज गुरुङ, अम्बिकाप्रसाद फुयाल चयन भएका छन् । सदस्यहरूमा डिक गुरुङ, जीवनाथ भेटवाल, सन्तोष तामाङ, शुक्रबहादुर लिम्बू, गीता चुँडाल, सुमिना लिम्बू, रेमिनिदेवी पोदार र लक्ष्मी सुवेदी लिम्बू निर्विरोध निर्वाचित भएका हुन ।

त्यसैगरी क्षेत्रीय प्रतिनिधिमा बद्रीप्रसाद भट्टराई, हरिप्रसाद कोइराला, हिमप्रसाद तिम्सिना, होमनाथ खरेल, रामप्रकाश राई, लीलाबहादुर श्रेष्ठ, ध्रुवमाया कोइराला, कुलमाया राई, डिल्लीमाया बस्नेत, जीवन राई, सन्तोष गुरुङ, शर्मिला राजवंशी, काशीनाथ खनाल, मुना अधिकारी, सावित्रा दर्जी र टीकाराम दर्जी निर्विरोध निर्वाचित भएका नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका समिति सचिव विवेक लिम्बूले बताए ।
त्यसैगरी वडा नं. ३ मा इन्द्र बहादुर विष्ट वडा सभापती, धर्मराज कार्की वडा उपसभापती, यक्षबहादुर कार्की र सन्तोष लिम्बु वडा सचिव, सुजन भट्टराई र मनसुन ठाकुर सहसचिव र यसोदा चौहान कोषाध्यक्ष सहित ९ जना सदस्य निर्विरोध चयन भएका छन् ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.