सोमवार, पुस २८, २०८२

कानेपोखरी ४ नं. अनेमा संघ गठन, अध्यक्षमा सिता भट्टराई

असोज १० गते, बयरवन । नेपाल कम्युनिष्ट पार्टी(एमाले)निकट अखिल नेपाल महिला संघको कानेपोखरी गाउँपालिकाको ४ नं. वडा कमिटी गठन भएको छ ।

वडा नं. ४ पार्टीको शनिबार भएको विस्तारित बैठकले सिता भटट्राईको अध्यक्षतामा १४३ जना सदस्य समिति चयन भएको हो । समितीको उपाध्यक्षमा मनमाया मगर, सचिवमा सुशिला गिरी, सहसचिवमा कल्पना घिसिङ र कोषाध्यक्षमा इन्दिरा राई(गीता) चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा ललिता चौधरी, पार्वती चौधरी, रिता थापा, कमला मगर, शशी माझी, सिता लिम्बु, रामकुमारी चौधरी, बालकुमारी गिरी, फुलमाया विश्वकर्मा, सरिना रोक्का, पवित्रा माझी, तारा वि.क,प्रेमकला गुरुङ, इच्छा कोइराला, भावाना पुरी, पवित्रा मुदेल,गोमा गजुरेल, दुर्गा बानिया, एलिना थापा रेग्मी, लगाएत सदस्य रहेका छन् ।

नव गठित अनेमा संघका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले जिल्ला कमिटी सचिवलाय सदस्य राजमती इङ्नामले सपथग्रहण गराएका थिए । एमाले जिल्ला सल्लाहकार संयोजक तथा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले नव निर्वाचितहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश १ सदस्य डिपी राई, विषेश अतिथि क्षेत्र नं. ३ ख, का सांसद तथा पूर्व राज्य मन्त्री राजकुमार ओझा, अतिथि एमाले जिल्ला कमिटि सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, एमाले कानेपोखरी गाउँकमिटि अध्यक्ष दानबहादुर बस्नेत र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवलाय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष नविन पौडेलले सम्बोधन गरेका थिए ।

कार्यक्रममा एमाले जिल्ला सदस्य भोला अधिकारी, गाउँ कमिटि सहसंयोजक सुशिल बुढाथोकी, राष्ट्रिय खेलकुद महासंघ केन्द्रिय सदस्य तथा वडा नं. ६ का अध्यक्ष कुमार फुयल, अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटि अध्यक्ष मुना श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँकमिटिका संयोजक अशोक फुयल लगाएत अतिथि रहेका थिए । पार्टी अध्यक्ष दिनेश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव इश्वरी बस्नेतले संचालन गरेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.